News & Events

खोलाको पानी डाँडामा

 भुजिकोट -तनहुँ, आश्विन २९ -

चाहने हो भने युवाले गर्न नसक्ने के छ ? राम्रो उदाहरण खोज्न यहाँ आउनुभए हुन्छ । स्थानीय युवाले बेसीको पानी डाँडाका धारामा पुर्‍याई गाउँलाई काकाकुलको अवस्थाबाट मुक्ति दिएका छन् ।वषर्ाैंदेखि खानेपानी अभाव खेप्दै आएको गाउँमा उनीहरूले सौर्य ऊर्जा माध्यमले बेसीको पानी पुर्‍याएका छन् । राजधानीमा इन्जिनियरिङ अध्ययनरत स्थानीय युवाको संस्था ग्रामीण पूर्वाधार विकास समूह -ग्रिड  नेपाल) को यो पहलपछि भुजिकोट र छिमेकी गाउँ थानथोकका ५४ घरपरिवार गत चैतदेखि एक गाग्रो पानीका लागि बिहान बिताउनुपर्ने समस्याबाट मुक्त भएका छन् । आँगनमा धारो खस्दा अहिले गाउँले कम्ती मख्ख छैनन् । 'आँगनमा पानी थाप्न पाइएला भन्ने त सपनामा पनि लागेको थिएन,' ७५ वषर्ीया ठगीमाया गुरुङले हर्कले सुनाइन्- 'हेर्नुस् त, यस्तो डाँडामा पनि ख्वालाल्ल पानी आएको ! मलाई त अझै पनि उदेक लागेर आउँछ ।'बेसीको पानीले गाउँमा धारा चलाउने कुरो गर्दा सुरुमा युवालाई कसैले पत्याएन । 'हामीलाई पागलसम्म पनि भने सुरुमा,' समूहका उपाध्यक्ष हरि थापाले सुनाए- 'धारामा पानी भरेपछि चाहिँ सबैले जिब्रो टोके ।'हुन पनि गाउँदेखि ५ सय मिटरतल ढुंगेधाराको पानी बाँदर लड्ने भीर चढेर धारामा खस्छ भन्दा हतपती कसले पत्याउने ? तर यही भएर छाड्यो । पानी तान्ने प्रविधि पनि उति जटिल छैन । बारीका डिलमा लहरै सौर्य पाता तेस्र्याइएका छन् । तीबाट निक्लेको १६ सय वाट बिजुलीले विशेष पम्पमार्फत फेदीको पानी गाउँको ट्यांकीसम्म पुर्‍याउँछ । 'गाउँमा खानेपानी समस्या के गरी सल्टाउने भन्ने मनमा थियो,' समूहका अध्यक्ष गुणराज ढकालले कान्तिपुरसँग भने- 'बुझ्दै जाँदा सौर्य ऊर्जाबारे थाहा भो अनि काम थालिहाल्यौं ।' अनि त्यो कामको कदर पनि भयो । विश्व बैंकको 'लौ न अब त केही गरौं' अभियानबाट युवाको यो योजना पुरस्कृत भयो । 'सौर्य ऊर्जा माध्यमले डाँडामा धारो चलाउने हाम्रो योजनालाई विश्व बैंकले गत वर्ष उत्कृष्ट ठहर्‍यायो,' ढकालले सुनाए- 'आफ्ना गाउँठाउँमा केही गर्ने हाम्रो योजनालाई यसले हौस्याएको छ ।'१७ लाखको लागतमा बनेको यो योजनाका लागि विश्व बैंकले १२ लाख ५० हजार रुपैयाँ अनुदान दिएको छ । नपुग रकम गाउँलेले चन्दा उठाएर र जनश्रमदान गरेर पूर्ति गरेका हुन् । पानी अभावमा बर्सेनि ठूलो मात्रामा बसाइसराइँ हुने यो गाउँमा पानी आएदेखि सबै थान्को लागेका छन् ।

घनस्याम खड्का

प्रकाशित मिति:  २०६३ आश्विन २८

 

 

image

Copyright © 2024 Greatnepal.com.All right reserved.                        Designed & Developed by: Cyberlink

image