Project

सेतीमाथि सरर केबुलकार

seti cable car nepal 

सेतीमाथि सरर केबुलकार

सन्तोष पोखरेल

दुलेगौंडा -तनहु“, असार २१ – सेती नदीको गडगडाहट आवाज । हर्ेदै कहालीलाग्दो छा“गो, जो कोहीको पनि मुटु ढुक्क हुन्छ पहिलो पटक । नेपाली प्रविधि र श्रम प्रयोग गरी बनाइएको नेपालकै पहिलो केबुलकार आकारको यान्त्रिक पुलको यात्रा गर्दा सुरुमा मनै चिसो हुन्छ ।
तनहु“ दुलेगौंडा र कास्कीको भरतपोखरी जोड्न कोत्रेस्थित सेती नदीमाथि बनाइएको यान्त्रिक पुल नमुना बनेको छ । मनकामना केबुलकार देखेका र चढेका बासिन्दा आपmनै गाउ“को यान्त्रिक पुल देखेर दंग छन् ।

तीन वर्षो मेहनतपछि आफूहरूले परिकल्पना गरेजस्तै केबुलकार चलेको देख्दा युवा इन्जिनियर उत्साहित छन् । करिब एक महिनाअघि यसको परीक्षण संचालन गरिए पनि शुक्रबार औपचारिक उद्घाटन भयो ।

करिब डेढ घण्टाको पैदल यात्रापछि पार गरिने नदी अहिले ५ मिनेटमै तर्न पाउ“दा गाउ“लेमा खुसीको सीमा छैन । ‘पुलले निकै सुविधा दिएको छ, पहिला पहिला नदी पार गर्न डेढ घण्टा हिंड्नु पर्थ्याे’ भरतपोखरीका इन्द्रबहादुर पोख्रेलले भने, ‘हामीले त खेतको उब्जाउ समेत यसैबाट ओर्सार्न थाल्यांै । यो पुल हाम्रा लागि ठूलो बरदान भएको छ ।’

कोत्रेस्थित हंसबाहिनी माविमा ८ कक्षामा पढ्ने भरतपोखरीका सुनील सुनारले पुल अभावमा हिंडेर स्कुल पुग्दा कतिपटक कक्षामा जान नपाएको अनुभव सुनाए ।

‘पुल नहु“दा समयमा उपचार नपाउ“दा गाउ“लेको ज्यान समेत गयो, अब त अकालमा ज्यान गुमाउनु पर्दैन होला’ उनले भने, ‘सबैभन्दा बढी सुविधा हामीले पाएका छांै ।’ भरतपोखरीबाट दैनिक करिब २० जना विद्यार्थी कोत्रेको उक्त विद्यालयमा पढ्न आउ“छन् ।

पुलबाट दैनिक करिब १ सय ५० गाउ“ले वारपार गर्ने प्राविधिक बताउ“छन् । गाउ“लेका लागि ५ रुपैया“ र अन्यका लागि १५ रुपैया“ शुल्कको टिकट लिएर पुल तर्न पाइन्छ ।

५ सय २० मिटर लामोे पुलको केबुल बाहेक अन्य सामग्री नेपाली प्रविधि र श्रमबाट तयार गरिएको थियो । प्राविधिक सेतो झन्डा हल्लाएर संकेत गर्दै ट्रली संचालन गरिरहेका हुन्छन् ।

पुलमा २ वटा ट्रली छन् । प्रत्येक ट्रलीले एक पटकमा एक हजार किलो भार बोक्न सक्ने इन्जिनियर गुणराज ढकालले बताए । बिजुली गइहाल्यो भने पनि हातले चलाएर वारि पारि गर्न सकिने यो केबुलकार बनाउन करिब ५० लाख रुपैया“ खर्च भएको जानकारी दिए ।

पुल बनाउन गाउ“लेले करिब २० लाख रुपैया“ बराबरको श्रमदान र चन्दा दिएका थिए । त्यसबाहेक विश्व बैंक, तनहु“ जिविस, सामुदायिक वन लगायतका निकायबाट रकम संकलन गरिएको ढकालले बताए ।

पुल निर्माणमा (एकीकृत प्रविधि विकास नेपाल -आईटीडी हाल नाम परिबर्तन गरि रोपवे नेपाल), ग्रिड नेपाल र नेपाल पानी सदुपयोग फाउन्डेसनले सहयोग गरेका थिए । आईटीडीका करिब दर्जन प्राविधिकले निःशुल्क काम गरेका थिए ।

‘नेपाली प्रविधि र सीपको उपयोग भएकाले यसको महत्व बेग्लै छ’ उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र खनालले भने, ‘विदेशीको प्रविधि, शक्ति, स्रोत प्रयोग गरेको भए लागत दोब्बर पर्थ्याे ।’ पुल सुविधाले दुलेगौंडा र भरतपोखरीका करिब चार सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्



 

image

Copyright © 2024 Greatnepal.com.All right reserved.                        Designed & Developed by: Cyberlink

image